नयाँ प्रत्यारोपण ऐन २०७२, अनुसार नेपालमा मृगौला प्रत्यारोपण प्रमाणिकरणको लागि पेश गर्नुपर्ने कागजातहरु:
1. नागरिकताको प्रमाणपत्र (मृगौला दिनेको, मृगौला ग्रहण गर्नेको, मृगौला दिनेको नजिककोनातेदार - २ जनाको)
2. नाता प्रमाणित पत्र : (मृगौला दिनेको, मृगौला ग्रहण गर्नेको, मृगौला दिनेको नजिककोनातेदार - २ जना) मृगौला दाताको नाममा वडा कार्यालयबाट जारी गरिएको ।
3. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो 2/2 प्रति (मृगौला दिने र लिने तथा साक्षी बस्ने - २ जनाको)
4. मृगौला प्रत्यारोपण गर्नुपर्ने भनी उल्लेख गरिएको डाक्टरको पुर्जि
5. विवाह दर्ताको प्रमाणपत्र
6. अविवाहित भए अविवाहितताको प्रमाणपत्र
7. गाउँपालिका / नगरपालिकाको विपन्नको सिफारिस र निर्णयको सक्कल प्रति वा अन्य अस्पतालमा निशुल्क डाइलाइसिस गरिएको भए गाउँ पालिका वा नगरपालिकाको सिफरिसको फोटोकपी - प्रत्यारोपणको लागि भर्ना भए पश्चात
8. जिल्ला प्रहरी कार्यालयको इमेल ठेगाना ल्याउने ।
विस्तृत जानकारीको लागि hospital ma सम्पर्क राख्नुहोला